भुइँमान्छेको दशैंः ‘स्याउ बेचेर घरमा ‘दशैं’ लैजानु छ’

कास्की | असोज ११, २०७९

भुइँमान्छेको दशैंः ‘स्याउ बेचेर घरमा ‘दशैं’ लैजानु छ’

कास्की  :  ‘आयो दशैं ढोल बजाई, गयो दशैं रिन बोकाई ।’ दशैं जति नजिकिँदै जान्छ, उति नै यो पुरानो आहान सुुन्ने गरिन्छ । 

 

दशैं धेरैकालागि खानपिन, हर्षाेल्लासको चाड भएपनि भुुइँमान्छेकालागि भने दशा हुने गरेको छ । रिन खोजेर दशैं मनाउने र बाँकी महिना तिर्दै जाने परिपाटी अहिले पनि यथावत छ । 

 

यस्तैमा, भुइँमान्छेको दशैं योजना रिपोर्टिङ्का दौरान भेटिए म्याग्दीका मनोज परियार । उमेरले ३ दशकका मनोजसँग यतिबेला मुस्ताङ्को स्याउसँगै दशैंको पनि भारी छ । दशैंको भारी पन्छाउन पहिले स्याउको भारी पन्छाउनुु पर्नेछ । 

 

स्याउको भारी घटाएर आउने नाफाबाट परिवारको ४ जनालाई ‘दशैं’ लैजानु छ । ‘म गएपछि बल्ल दशैं पुुग्छ घरमा’ मनोज भन्छन् ‘स्याउको भारी नघटे दशैंमा दुखको भारी पनि घट्ने छैन ।’

 

पोखरामा भिडभाड देख्दा दशैं आए जस्तो लाग्छ तर दिनमा डोकोमा भएको स्याउ विक्री हुँदा मेरो पनि दशैं आउने भयो भनेर खुसी लाग्छ । मुस्काउँदै उनले भने । 

 

‘स्याउँको सिजन अनुसार म एक महिना पहिले दशैं ल्याउन स्याउको साथमा पोखरा आए’ उनले भने ‘दिनमा ८ देखि ९ हजारको व्यापार भएको छ, बेलुका हिसाब गर्दा केही फाइदा भएको रकम साथमा हुँदा नजिकनजिक दशैं आए जस्तै लाग्छ ।’

 

पोखराको विपी चोकको गल्लीमा उमेरले ७ दशक पुग्न लागेका तनहुँका तिलकबहादुर  विश्वकर्मा एक डोको स्याउ, ३ काइयो केरा र केही केजी डल्ले खुर्सानी बिक्री गर्दै भेटिए । 

 

‘दशै आयो भन्छन् मलाई दशा आए जस्तो लाग्छ, बस्नलाई घर छैन, छोराछोरी साथमा छैनन्’ उनले भने ‘छोरीहरुको विवाह भयो छोराहरु कमाउन भारत गएका छन् । बिरामी श्रीमतीको उपचार खर्चको लागि स्याउ बिक्री गर्दै छु ।’ औषधी किनेर बचेको पैसाले दशैको दिन एक पाउ मासु किनेर खुवाउने बाहेकको अन्य तयारी केही नभएको उनले सुनाए ।

 

पोखरामा ४ दशक बिताएका तिलकबहादुरले थपे, ‘सिद्धार्थ चोकमा भाडाको घरमा हरेक वर्षजस्तै, बिरामी श्रीमतिसँग औषधी उपचार गरेर बचत भएको रकमले दशैं मनाउने गरेका छौं ।’ 

 

यस्तैमा, भुइँमान्छेको दशैं योजना रिपोर्टिङ्का दौरान भेटिए काभ्रेका सिताराम रोका । महेन्द्रपुल नजिक  छाताको ओझेलमा जुत्ता सिलाइरहेका सितारामले दिनभर गरेको कमाइले दशैंको जोहो गर्ने सुनाए । 

 

‘पानी नपरे काम हुन्छ पानी परे हुदैन् ’ आइतबार मध्यान्हको चर्काे घाममा छाताको ओझेलमा जुत्ता सिलाउँदै सिताराम भन्छन् ‘हिजोआज कमाई राम्रै भएको छ । परिवारसँगको दशैं रमाइलो बनाउन केही दिनमा काभ्रे फर्किदै छु ।’

 
 

पोखरा:  गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले संघीयतालाई बलियो बनाउन प्रदेश बलियो बनाउन आवश्यक रहेकोमा जोड दिनुभएको छ ।   गण्डकी प्रदेश स्थापना दिवसको अवसरमा आयोजित समारोहमा प्रमुख अतिथ...

थप पढ्नुहोस्

  पोखरा महानगरपालिका–१ टुंडिखेलस्थित खेलमैदानमा आज (बिहीबार) देखि ‘नवौं विरेन स्मृति एवम् १९ औं बिटी कप सेभेन ए साइड खुल्ला फुटबल प्रतियोगिता’ सुरु भएको छ ।   बुद्धटोल ...

थप पढ्नुहोस्

जेनजी आन्दोलनका क्रममा लुटिएको इन्सास राइफलसहित कास्की प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।   कास्की प्रहरीले महोत्तरी स्थायी घर भई हाल जिल्ला पोखरा–९, नयाँबजार बस्ने १८ वर्षीया रवि चौधरी र भार...

थप पढ्नुहोस्